यार्सागुम्बा सङ्कलकको लागी गएका आठ जनाकाे मृत्यु

यार्सागुम्बा सङ्कलकको लागी गएका आठ जनाकाे मृत्यु

यार्सागुम्बा सङ्कलकको लागी डोल्पाका पाटनमा गएका आठ जनाकाे मृत्यु भएकाे छ । सङ्कलकको लागी गएका अधिकांशको लेक लागेर र लडेर मृत्यु भएकाे हो ।

मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्तिहरु रहेका छन् ।

लेक लागेर मृत्यु हुनेमा जुम्लाको पतारासी गाउँपालिका–६ का १७ वर्षीय गोपाल विष्ट , जाजरकोटका बारेकोट गाउँपालिका–६ का २२ वर्षीय रमेश चलाउने ,जाजरकोटकै बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विक , रुकुमपश्चिम आठबीसकोट नगरपालिका–९ का ३९ वर्षीय कृष्णबहादुर शाही , डोल्पा ठूलीभेरी नगरपालिका–५ की ४० वर्षीया धनकला बुढा रहेका छन् ।

यस्तै भीरबाट लडेर मृत्यु हुनेमा जुम्ला गोठीचौर गाउँपालिका–४ का ४४ वर्षीय जयकृष्ण पाण्डे ,डोल्पा ठूलीभेरी नगरपालिका–११ की ३८ वर्षीया बुद्धीकुमारी कार्की रहेका छन् ।

यसैगरी, जेठ २० गते काइके गाउँपालिकाको व्यासरिखीमा कान्छी विकको नवजात शिशुको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

फोनको पहुँच नभएका कारण के–कति बिरामी छन् र कहाँ के भइरहेको थाहा हुन नसकेको प्रहरीले जनाएको छ । सदरमुकाम दुनैभन्दा कयौँ टाढा रहेका उच्च हिमालमा यार्सा सङ्कलन हुने भएकाले खबर आदानप्रदान गर्न समस्या भएको हो ।

यार्सा सङ्कलनकर्ताको स्वास्थ्यलाई ध्यान दिएर नौ ठाउँमा स्वास्थ्य शिविर राखिएका भए पनि ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । आधा दर्जन बढी घाइते र बिरामी भएर उपचार भइरहेको छ ।

डोल्पाका ७० भन्दा बढी पाटनमा अहिले यार्सागुम्बा सङ्कलनको काम भइरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.