छुट्टाछुट्टै सवारी दुर्घटनामा ३को मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३को मृत्यु

काठमाडौं, मोरङ र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-३१ तिनकुनेस्थित सडकमा बा.७७ प ८१५६ नम्बरको मोटरसइकल आफैं अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भक्तपुर दुवाकोट बस्ने धनुषा सवैला नगरपालिका-६ का २५ वर्षीय दिपेश यादवको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हाे ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार रामेछाप लिखु-६ घर भएका भक्तपुर दुवाकोट बस्ने २२ वर्षीय सन्देश
केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

मोरङ, कटहरी गाउँपालिका-७ भौडाहास्थित सडकमा को.३६ प ३७३० नम्बरको मोटरसाइकल र को.२९ प ८३८० नम्बरको मोटरसाइकल शनिबार साँझ एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका को.३६ प ३७३० नम्बरको मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका-५ का १९ वर्षीय निरज सरदारको उपचारको लागि कोशी अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

को.२९ प ८३८० नम्बरको मोटरसाइकलका चालक सोही गाउँपालिका-५ का २३ वर्षीय शम्भु सरदार फरार रहेकोले
प्रहरीले खोजी गरिरहेको छ ।

दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, लम्की लुहाम नगरपालिका-५ सौरीस्थित सडकमा गुडिरहेको अनटेष्ट लेखेको ट्याक्टरमा चढ्न खोज्दा सोही ठाउँ बस्ने ४० वर्षीया भुमिसरा नेपालीको अचानक भुइँमा खसेर आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा स्थानीय प्रहरीले आवश्यक उद्धार गर्नुको साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.