पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

झापामा शनिवार दिउसाे पानी जमेको खाल्डोमा डुबेर १ बालकको मृत्यु भएको छ ।

गौरादह नगरपालिका-८ मा सोही स्थान बस्ने तेज बहादुर बोहराको १० बर्षीय छोरा प्रशन्न बोहराकाे खेल्ने क्रममा सोही ठाउँमा रहेको TMT ईटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हाे।

पानीमा डुबेर गम्भीर बनेका बालकलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.