बालुवाको ढिस्कोले पुरिएर एकको मृत्यु, तीन घाइते

बालुवाको ढिस्कोले पुरिएर एकको मृत्यु, तीन घाइते

बझाङमा सोमबार बालुवा खानी भत्केर एक महिलाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

जिल्लाकाे वित्थडचिर गाउँपालिका–५ ओसैलमा सोमबार बालुवा खानी भत्किँदा वित्थडचिर गाउँपालिका–५ ओसैलकी  ३५ वर्षीया चाखुडी महरको मृत्यु भएको हाे ।

घटनामा साेही वडाका ३० वर्षीया गम्भा महर, ३६ वर्षकी कुटुरी महर र २८ वर्षका हरिभान महर गम्भीर घाइते भएको प्रहरीले जनाएकाे छ ।

गाउँपालिका–५ को स्वास्थ्य चौकीको नवनिर्मित भवनको निर्माणका लागि मजदुरी काम गरिरहेका उनीहरु बालुवा निकाल्न लाग्दा माथिबाट ढिस्को खसेर पुरिएका हुन् । घटना भएको स्थानीयले देखेपछि हतारमा तीन जनाको उद्घार गरेका थिए भने एक जनालाई छिटो निकाल्न नसक्दा मृत्यु भएको हो ।

गम्भीर घाइते तीनै जनालाई स्थानीय देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात नेपालगञ्ज रिफर गरीएकाे प्रहरीले जनाएकाे छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.