सिनामंगलमा हाइस र माइक्रो ठोक्किँदा १७ जना घाइते

सिनामंगलमा हाइस र माइक्रो ठोक्किँदा १७ जना घाइते

काठमाडौँको सिनामंगलमा हाइस र माइक्रो ठोक्किँदा १७ जना घाइते भएका छन् ।

मंगलबार बिहान गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् ।

महानगरीय प्रहरी वृत गौशालका डीएसपी प्रदिप सिंहका अनुसार घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेको छ । उनले भने, ‘दुवै सवारीसधान तिब्र गतिमा रहेकोले दुर्घटना भएको हो।’

घाइतेको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते हुनेमा १३ पुरुष र चार महिला छन्। दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.