कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, १५ घाइते

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, १५ घाइते

कपिलवस्तुमा बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा १५ जना घाइते भएका छन्  ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६२६८ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको म १ ख ८२८ नम्बरको बस  जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ चौवन्नपुरमा ठोक्किँदा ३० बर्षीय पुरुषको मृत्यु भएको छ । मृतकको सनाखत भैनसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यकलय कपिलवस्तुका अनुसार दुर्घटनामा १४ जना घाइते छन् ।

कञ्चनपुर घर भएको ४२ बर्षीय गुण्डाराज भारती ,कञ्चनपुर भिमदत्त नगरपालिका ७ बस्ने ६६ बर्षीय भिमबहादुर कुँवर ,कञ्चनपुरकै २७ बर्षीय सह चालक चन्द्रबहादुर सुनार ,कञ्चनपुरका ३६ बर्षीय गणेशदत्त जोशी ,कञ्चनपुरका ४० बर्षीय नरेन्द्र खत्री ,कञ्चनपुर गोदावरी नगरपालिका २ का ३५ बर्षीय गंगा सिंह ,कैलाली धनगढी उपमहानगरपालिका ६ बस्ने ३० बर्षीय हेमराम तिमिल्सिना ,स्याङ्जा गल्याङ नगरपालिका ४ बस्ने ४० बर्षीय खेमराज न्यौपाने रहेका छन् ।

त्यस्तै पाल्पा तानसेन नपा १ का ३५ बर्षीय माधव गौतम ,डडेलधुरा अमरगडी नपा २ बस्ने २५ बर्षीय श्याम कठायत ,दैलेख बिन्द्रासैनी नपा ८ बस्ने २४ बर्षीय पदम रिजाल ,बर्दियाका ४० बर्षीय सुन्दरकली चौधरी ,दाङ लमही नगरपालिका ६ का २० बर्षीय प्रकाश ढुङगाना रट्रकको सह–चालक कञ्चनपुर गोदावरी नपा २ का २८ बर्षीय सुरेन्द्र बिक रहेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.