बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मेचीनगर नगरपालिका-६ पालिया पुलस्थित सडकमा ना.४ ख ५५५७ नम्बरको बसले मे.७ प ५५५४ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाँउ डेरा गरी बस्ने पाँचथर घर भएका ४५ वर्षीय राम कुमार भट्टराईको मृत्यु भएको हाे ।

बसको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईलाई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक झापा मेचीनगर नगरपालिका-६ पालिया बस्ने ३९ वर्षीय सन्तोष सुब्बालाई उपचारको लागि सोही अस्पताल पठाइएको छ ।

बस र मोटरसाइकललाई नियन्त्रणमा लिई फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.