कोदो रोप्न गएका एक युवकको करेन्ट लागेर मृत्यु

कोदो रोप्न गएका एक युवकको करेन्ट लागेर मृत्यु

दोलखामा कोदो रोप्न गएका एक युवकको करेन्ट लागेर मृत्यु भएकाे छ भने तीन जना घाइते भएको छन् ।

आफैँले अधिया कमाएको बारीमा कोदो रोप्ने क्रममा कोदालोले बारी खन्दा छेउैमा रहेको विद्युत्को पोलबाट प्रवाह भएको करेन्ट लागेर गौरीशङ्कर गाउँपालिका–९ सिमिगाउँका २८ वर्षीय दोर्जे तामाङको घट्नास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

तामाङ सँगै कोदो रोपिरहेका सो गाउँकै ७२ वर्षीय बिर्खबहादुर गुरुङ, ४३ वर्षीया सानुमाया तामाङ र २७ वर्षिय जट्ट तामाङ सामान्य घाइते भएका छन् ।

विद्युत् प्राधिकरणको लापरवाहीले घट्ना घटेको स्थानीयवासीले बताएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.