विद्यालय जाँदै गरेका बालक खोलाले बगाएर बेपत्ता

विद्यालय जाँदै गरेका बालक खोलाले बगाएर बेपत्ता

पाँचथरमा विद्यालय जाँदै गरेका एक बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ।

मिक्लाजुङ गाउँपालिका ४ खेसङखोपाका लोकबहादुर राईका १० वर्षीय छोरा दियान राईलाई खोलाले बगाएर बेपत्ता बनाएको हो। बेपत्ता बालक रबिस्थित होलिचाइल्ड इङ्लिस स्कुलको कक्षा चारका विद्यार्थी हुन्।

दियानलाई खोलाले बगाएको स्थानीय जयकुमार ढकालले जानकारी दिए। अबिरल वर्षातका कारण खोलामा बाढी आएपछि दाइसँगै विद्यालय जाँदै गरेका दियाललाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएकाे छ ।

अहिले पानी पर्न रोकिएको र खोलाको बाढी केही कम भएकाले खोजी कार्य तीब्र बनाइएको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.