पोखरीमा डुबेर चार वर्षीय बालकको मृत्यु

पोखरीमा डुबेर चार वर्षीय बालकको मृत्यु

भोजपुरमा सोमबार साँझ पोखरीमा डुबेर चार वर्षीय बालकको मृत्यु भएको छ ।

रामप्रसाद राई गाउँपालिका–६ बैकुण्ठेका प्रकाश थापाको ४ वर्षीय छोरा प्रमिश थापाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

साँझको समयमा साथीहरुसँग खेल्न जाँदा पोखरीमा डुबेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

मृतक बालकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर लगिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.