ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्याक्टरको ठक्करबाट बारामा सोमबार साँझ एक पैदलयात्रीको मृत्यु भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका-१३ सिम्रिक टोलस्थित ना.४ त ४९० नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१२ फत्तेपुर बस्ने ३० वर्षीया नन्दा देवी रामको मृत्यु भएको हाे ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा अल्पाईन अस्पताल सिमरामा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.