बाढीले बनाएको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

बाढीले बनाएको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

धनुषामा अविरल वर्षातले आएको बाढीले बनाएको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ कनकपट्टिस्थित बाढीले बनाएको खाल्डोमा खसेर शहिदनगर नगरपालिका वडा नम्बर ४ ननुपट्टि बस्ने ३० वर्षिय सुजित पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरबाट कनकपट्टि जाने बाटोमा रहेको खाल्डोमा आइतबार राति  ज १० प ३७२० नम्बरको मोटरसाईकल सहित पासवान खाल्डोमा खसेका थिए । खाल्डोमा परी गम्भीर घाईते भएका उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

मृतक पासवानको शव जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टमको लागि राखिएको प्रहरीले जनाएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.