ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

 ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका–६ खयरघारीमा बुधबार राति ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।

काठमाडौंबाट चितवनतर्फ गइरहेको लु १ ख ४९६६ नम्बरको ट्रककाे ठक्करबाट भारत पश्चिम चम्पारनका अन्दाजी ४२ वर्षीय सत्यनारायण दासको मृत्यु भएको हो ।

ट्रककाे ठक्करबाट गम्भिर घाइते भएका दासको  उपचारका क्रममा बिहीबार बिहान नेसनल अस्पताल कलंकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएकाे छ ।

दुर्घटना गराउने सवारीसाधन र सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.