करेन्ट लागेर साँढे तीन वर्षीय बालकको मृत्यु

करेन्ट लागेर साँढे तीन वर्षीय बालकको मृत्यु

काभ्रेमा करेन्ट लागेर साँढे तीन वर्षीय बालकको मृत्यु भएको छ ।

बनेपा नगरपालिका वडा नं १ टुकुचाको स्थानीय रिमाल श्रेष्ठको साँढे तीन वर्षको छोरा रिदेश श्रेष्ठ बिहान ९ बजे तिर घरको पानी तान्ने मेशिनको तार समाउँदै खेल्ने क्रममा करेन्ट लागि मृत्यु भएको हाे ।

करेन्ट लागेर गम्भिर घाइते  भएका बालकलाइ उपचारको लागि बनेपा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । हाल मृतक बालकको लास पोष्टर्माटमको लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.