बसको ठक्करबाट महिलाको मृत्यु

 बसको ठक्करबाट महिलाको मृत्यु

तनहुँमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।

दमौलीबाट छाब्दी जाँदै गरेको ग १ ख २७०३ नम्बरको मिनि बसको ब्रेक फेल भएर पछाडि गुड्दा पछाडिबाट आउँदै गरेकी गोमा पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा उक्त बसमा सवार गोरखा जिल्ला घर भई व्यास–१ भादगाउँ बस्दै आएकी ५० वर्षीया सावित्री अधिकारी सामान्य घाइते भएकि छन् । उनकाे रत्नहरी अस्पतलामा उपचार भइरहेको छ।

ठक्कर दिने उक्त बस र चालकलाई प्रहरी नियन्त्रण लिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.