नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला

नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला

कपिलवस्तुमा तिजको अवसरमा सोमबार बिहान स्थानीय नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव मंगलबार बिहान फेला परेको छ ।

बोपत्ता तीन जना मध्येकी १५ वर्षीया तारा कोहारको शव नदी किनारमा पानीमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।

शुद्धोधन गाउँपालिका-६ सन्तघाटस्थित बेटिबेलभरिया नदीमा नुहाउन क्रममा उक्त नदीमा डुबेर शुद्धोधन गाउँपालिका-६ बस्ने २५ वर्षीया तारामती कोहार, १५ वर्षीया तारा कोहार र ८ वर्षीया खुश्बु रैदास साेमबार बिहान बेपत्ता भएका थिए ।

बेपत्ता बाँकी २ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

नदीमा नुहाउने क्रममा डुबेर ३ जना वेपत्ता

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.