छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
रामेछाप, सर्लाही र उदयपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
रामेछाप, दोरम्बा गाउँपालिका-२ ढाक्रेबास भन्ने स्थानमा दहपतालबाट दोलखाको भैसेतर्फ जाँदै गरेको बा.१३ च ७०९५ नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी ४ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका गाडीमा सवार शैलुङ गाउँपालिका-८ मनगाँउ बस्ने १० वर्षीया सुवानी श्रेष्ठ र १२ वर्षीया दिल कुमारी श्रेष्ठको दोरम्बा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका गाडी चालक समेत अन्य १३ जनामध्ये ३ जनाको सोही स्वास्थ्य चौकीमा र १० जनालाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं लगिएको छ ।
सर्लाही, लालबन्दी नगरपालिका-७ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका-१६ परवानीपुर बस्ने ४० वर्षीय हेम बहादुर भण्डारीको टेक्सास अस्पाताल लालबन्दीमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहरेको छ ।
उदयपुर, कटारी नगरपालिका-३ मिर्चैया-कटारीस्थित सडकमा को.स ९ प २०७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने बर्मलाल अधिकारीको छोरी ३ वर्षीया जिज्ञासा अधिकारीको कटारीस्थित सगरमाथा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगरमा लगिएकोमा उपचारको क्रममा सोमबार साँझ उनको मृत्यु भएको छ ।
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अरु समाचार
पाल्पा बस दुर्घटना, छ जना मृतकको सनाखत
पाल्पा बस दुर्घटनाका छ मृतकको सनाखत भएको छ । सात जनामध्ये एक जनाको ...
मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु
सुनसरी रामधुनी नगरपालिका-६ कान्छिचौक–चतरा सडक खण्डको सुनसरी खोला पु...
बस दुर्घटनामा २ जनाको मृत्यु, ३५ जना घाइते
सुनकोशी गाउँपालिका-३ छापागाउँस्थित सडकमा बा.३ ख ८०३० नम्बरको बस आफै...
मोटरसाइकलको ठक्करबाट पदैल यात्रीको मृत्यु
उदयपुर बेलका नगरपालिका ५ गलेनी स्थितमा पुर्वतर्फ जादै गरेको प्रदेश ...
रोकी राखेको टेम्पोमा रुख ढलेर एक जनाको मृत...
उदयपुर उदयपुरगढी गाऊपालिका ७ अधेरी स्थितमा रोकी राखेको टेम्पोमा सखु...
सुमो दुर्घटनामा चालकको मृत्यु तथा ४ जना घाइते
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ना.१ ज २११४...
ट्याक्टर र टेम्पो ठोकिँदा दुईको मृत्यु
झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यान गुमाए...
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित सडकमा ना.८ ख १९८९ नम्बरको ...