मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

खराबाट बेलचौतारातर्फ आउँदै गरेको ग१७प १२९८ नंको मोटरसाइकलको ठक्करबाट मकवानपुर घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ६० वर्षीय सोमबहादुर तामाङकाे मृत्यु भएको हाे ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका तामाङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.