छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

दाङ, गुल्मी र बाँकेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

दाङ, बंगलाचुली गाउँपालिका-६ बचेनीस्थित सडकमा घोराहीदेखी प्युठानको ढिकावाङतर्फ जाँदै गरेको ना.३ ख ६५४२ नम्बरको बस सडकदेखी अन्दाजी ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा बसमा सवार प्युठान माण्डवि गाउँपालिका-२ बस्ने १६ वर्षीया नेहा ओलीको घट्नास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका बसका चालक सहित अन्य ६ जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

गुल्मी, सत्यवती गाउँपालिका-३ ठुलो लुम्पेकस्थित सडकमा लु.१ ज २७८४ नम्बरको जिप अनियन्त्रीत भई सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा जिपमा सवार सत्यवती गाउँपालिका-२ थुम्का बस्ने ६८ वर्षीया ललिती देवी सिंजालीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ४ जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाँके, कोहलपुर नगरपालिका-८ बाबानगरस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा मंगलबार राति बाटोमै मृत्यु भएको छ ।

ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.