ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट टाँडीतर्फ आउँदै गरेको ना ६ ख १४४ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १४ प १६३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार २८ वर्षीय पुरुष व्यक्तिको मृत्यु भएको छ । उनको नामथर खुल्न नसकेको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । उनकाे भरतपुर अस्पतालमा उपचार भैरहेकाे छ ।  मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.