जङ्गली हात्तीको आक्रमणबाट वनका चौकीदारको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट वनका चौकीदारको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदारको गए राति मृत्यु भएको छ।

झापाको कचनकबल गाउँपालिका–७ स्थित सामुदायिक वनमा गरिएको विद्युतीय घेराबेराको ढोका बन्द गर्न गएका बेला जङ्गली हात्तीको आक्रमणमा परी वनका चौकीदार ६२ वर्षीय कैयाराम क्षेत्रीको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ।

कार्यालय प्रमुख विष्णुलाल घिमिरेका अनुसार स्थानीय जलथल जङ्गलबाट हात्ती गाउँतिर नपसोस् भनेर गरिएको विद्युतीय घेराबेराको ढोका लगाउन गएका क्षेत्रीलाई गए राति ७ बजे हात्तीले आक्रमण गरेको थियो।

मृतक क्षेत्रीकाे शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा लगिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.