करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर एकजनाको मृत्यु

रौतहटमा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ ।

आइतवार दिउँसो जिंगडवा र लक्ष्मीनिया गाँउको बीचमा रहेको पोलमा तार जोडिरहेको क्रममा अचानक पोलमा लाइन आएर करेन्ट लाग्दा माधव नारायण नगरपालिका वडा–३ भेलहीका २४ वर्षीय रामप्रवेश पासवानको मृत्यु भएको हाे ।

करेन्ट लागेर गम्भिर घाइते भएका पासवानको गएराति वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ठेकदार रामकृत साहले बताएका छन ।

विद्युतको पोलमा तार जोडने क्रममा विद्युत प्राधिकरण गौरले कुनै जानकारी नदिइ अचानक लाइन दिएको कारण करेन्ट लागेर मृत्युु भएको ठेकदार रामकृत साहको भनाइ रहेको छ । विद्युुत प्राधिकरणकाे लापरवाहीको कारण मृत्यु भएको ठेकदार साहले बताएका छन् ।

उता, जिल्ला बिधुत प्राधिकरण गौरका प्रमुख उमेश यादवले घटना भएको क्षेत्र मौलापुर शाखा अन्तरगतको एरिया रहेकाले आफुुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।

तर बिधुत प्राधिकरण मौलापुर शाखाका प्रमुख शक्ति साहले करेन्ट लागेको क्षेत्र जिंगडवा लक्ष्मीनिया गौरको क्षेत्रमा रहेको बताउँदै घटनाबारे थप विवरण आउन बाँकी रहेको बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.