छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु, ७ जना घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु, ७ जना घाइते

रूपन्देही, भक्तपुर र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

रूपन्देही, आइतबार राति पूर्वपपश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा सडकमै रोकिराखेको भे १ ब १४४८ नम्बरको ट्रिपरमा ना ४३ प ३३४६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सैनामैना–६ बस्ने २९ वषीय नवीन कँडेल र सोही ठाउँ बस्ने वर्ष ३१ का दीपक पन्थ रहेको प्रहरीले जनाएकाे छ ।

भक्तपुर, भक्तपुर नगरपालिका १ सृजनानगरमा ट्रिपरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । गएराति ८ः२० बजेको समयमा बा ३ ख २५३१ नम्बरको ट्रिपरले सर्भिस लाइनमा ठक्कर दिँदा उदयपुरको चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर वि.क.को मृत्यु भएको हो ।

उनको इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । विकलाई ठक्कर दिएर भागेको ट्रिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, हेटौंडा–काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको देउरालीमा टाटा सुमो गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेकोे ना १ ज २८९९ नम्बरको टाटा सुमो करिब ४५ मिटर तल खसेको थियो । घाइते सबैलाई दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.