आगलागीमा परी ८५ वर्षीया वृद्धाको मृत्यु

आगलागीमा परी ८५ वर्षीया वृद्धाको मृत्यु

पाँचथरकाे फालेलुङ गाउँपालिका–३, मेमेङको एक घरमा आगलागी हुँदा जलेर एक जना वृद्धाको मृत्यु भएकाे छ ।

सोमबार राती करिब ११:३० बजेतिर घरमा आगलागी हुँदा जलेर ८५ वर्षीया वृद्धा टंकरानी थाम्सुहाङको मृत्यु भएकाे प्रहरीले जनाएको छ।

टंकरानी घरमा एक्लै बस्ने गर्थिन् । जाडोको सिजन भएकाले उनी आगो तापेर रात कटाउने गरेकी थिइन् । आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्किएपछि घरमा पनि आगो लगेको हुनसक्ने प्रहरीको अनुमान छ।

आगलागीबाट दुई तले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.