जीप दुर्घटनामा परी चालकको मृत्यु

जीप दुर्घटनामा परी चालकको मृत्यु

कैलालीको जोरायल गाउँपालिका वडा नं २ मा गए राति जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाकाे धनगढीबाट जोरायल आउँदै गरेको से १ ज २०३९ नम्बरको महेन्द्रा जीप अनियन्त्रित भई दुर्घटना हुँदा जोरायल ४ बस्ने अन्दाजी २१ वर्षीय जीप चालक आश्रम थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

जीप के कति कारणले अनियन्त्रित भएको हो भन्ने  विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.