मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही सदरमुकाम मलङ्गवामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मलङ्गवा नवलपुर सडक खण्ड अन्तर्गत मलङ्गवा नगरपालिका–११ गम्हरीयास्थित ना ४३ प ५६९१ नं को मोटरसाइकलकाे ठक्करबाट पैदलयात्री मङ्गवा–७ निवासी करीब ५५ वर्षीय धरिक्षण रायकाे मृत्यु भएको हाे ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका रायलाई जिल्ला अस्पताल मलङ्गवामा लादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने लालबन्दी नगरपालिका– १ नवलपुर निवासी २४ वर्र्षीय अबुलेक मिकरानी घाइते भएका छन् ।

ठक्कर दिने मोटरसाइकलका चालक लालबन्दी नपा–१ निवासी २० वर्षीय आशिष मिकरानीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.