एकान्तकुनामा रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

एकान्तकुनामा रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

गए राती ललितपुरको एकान्तकुनामा रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएकाे छ ।

यातायात व्यवस्था कार्यालय अगाडि बिग्रिएर पार्किङ गरिएको ना ८ ख २८ २६ नम्बरको टिपरमा बा ८७ प २२८५ नम्बरकाे स्कुटर ठोक्किँदा स्कुटरमा सवार मुगु घर भई ललितपुरको ग्वार्काेमा बस्दै आएका पावल साउत र झापाकी १६ वर्षकी प्रतिमा केसीको मृत्यु भएकाे हाे ।

दुर्घटनामा गम्भिर घाइते भएका उनीहरुलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

प्रहरीले टिपर र टिपर चालकलाई पक्राउ गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.