दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु, एक घाइते

दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु, एक घाइते

चितवनमा बिहीबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

भरतपुरबाट रामपुरतर्फ गइरहेको ना४०प ७३१३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु४प ६६५० नंको मोटरसाइ्कल भरतपुर महानगरपालिका–१५ रामपुरमा एकापसमा ठोक्किँदा ना४०प ७३१३ नंको मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रामचन्द्र रेग्मीको मृत्यु भएको हाे ।

दुर्घटनामा गम्भिर घाइते भएका रेग्मीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सोही दुर्घटनामा परी  लु४प ६६५० नंको मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२० का २५ वर्षीय मानबहादुर मस्याङ्गी घाइते भएका छन् । उनको  चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.