कारको ठक्करबाट एक जनाको मृत्यु

कारको ठक्करबाट एक जनाको मृत्यु

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा गए राति कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारकाे ठक्करबाट सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाहीको मृत्यु भएको हाे ।

कारकाे ठक्करबाट गम्भीर घाइते भएका शाहीको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

कार र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.