सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: मृतकको संख्या १६ पुग्यो

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: मृतकको संख्या १६ पुग्यो

सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडकखण्डको ६ किलोमा मङ्सिर २९ गते भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भइ काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचाररत बलेफी गाउँपालिका-३ निवासी ७ वर्षीया आशिका तामाङको बिहीबार राति मृत्यु भएपछि मृतकको सङ्ख्या १६ पुगेको प्रहरीले जनाएकाे छ ।

उपचारका क्रममा मृत्यु भएकी बालिकाको आमाको ह्याम्स अस्पताल र बाबुको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बाँच्न सफल छ महिने बालिकाको अभिभावक अझै सम्पर्कमा नआएकाले खाडिचौरस्थित सिन्धु सदाबहार अस्पतालको रेखदेखमा राखिएको छ ।

बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बस चालक सुमन तामाङ फरार रहेकाले बालिकालाई अस्पतालको रेखदेखमा राखिएको हो । बालिकालाई चाँडै नै अभिभावकको खोजी गरी जिम्मा लगाइने प्रहरीले जनाएकाे छ ।

दोलखाकाे कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको घटनास्थलमै र थप ४ जनाको उपचारको क्रममा मृत्यु छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.