जनकपुरमा अत्याधिक चिसोका कारण एक महिलाको मृत्यु

जनकपुरमा अत्याधिक चिसोका कारण एक महिलाको मृत्यु

जनकपुरमा अत्याधिक चिसोका कारण एक महिलाको मृत्यु भएको छ ।

जनकपुर उप–महानगरपालिका–२३ की ४८ कि अनितादेवी कापडको आफ्नै घरमा चिसोको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरमा एक्लै बस्दै आएकी अनिताको शनिबार मृत्यु भएको हाे ।

यस्तै  चिसोबाट बाच्न बालेको आगोले पोलेर धनुषामा ८ जना घाइते भएका छन् । आगोले पोलेर घाइते हुनेमा अधिकांस महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आगो ताप्ने क्रममा महिलाले लगाएको साडीमा आगो सल्केर महिलाहरु घाइते भएका हुन् । घाइते महिलाहरुको कम्मर मुनिको भाग र हात जलेको छ । जाडोमा न्यानो लुगा नहुँदा आगो ताप्ने क्रममा विपन्न परिवारकी महिला जलेर घाइते भएका हुन् ।

उनिहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.