घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाकाे मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाकाे मृत्यु

ताप्लेजुङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाकाे मृत्यु भएकाे छ ।

जिल्लाको मिक्वाखोला गाउँपालिका-५ की ३५ बर्षीया सरिता लिम्बुको घाँस काट्ने क्रममा घर नजिकै रहेको अभेजुक भिरबाट लडेर मृत्यु भएको हाे । घाँस काट्ने क्रममा अचानक चिप्लेर लडी अन्दाजी ४०० मिटर तल खस्दा लिम्बुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी पापुङबाट प्रहरी टोली खटि गई घटनाबारे थप अनुसन्धान गरीरहेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.