छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

उदयपुर, मकवानपुर र डोटीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

उदयपुर, त्रियुगा नगरपालिका-१० स्थित सडकमा स.१ ह ३८११ नम्बरको अटोरिक्शा अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा रिक्शामा सवार सोही नगरपालिका-७ बस्ने २० वर्षीया सिमा दनुवारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी सिमाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते अन्य ३ जना मध्य १ जनालाई थप उपचारको लागि बिराटनगर रिफर गरिएको छ । अटोरिक्शा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, बाग्मती गाउँपालिका-४ बुद्धचोकस्थित सडकमा बुधबार साँझ ना.६१ प ७९१८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही स्थान बस्ने दिल बहादुर थिङको ३ वर्षीया छोरी अस्मृता थिङको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डोटी, जोरायल गाउँपालिका-१ घोरडीस्थित सडकमा ना.३ ख ६५८८ नम्बरको ट्रक आँफै अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक बाँके कोहलपुर ३७ वर्षीय अमर गिरीको सेति प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटना भएका स्थानहरूमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्धार एवं घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.