मकवानपुरमा कार दुर्घटना : एकको मृत्यु, दुई घाइते

मकवानपुरमा कार दुर्घटना : एकको मृत्यु, दुई घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका-९ अघोरमा गए राती कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको पर्यटक बोक्ने बा १ य १२८३ नम्बरको कार दुर्घटना हुँदा भारतीय नागरिक ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको हाे ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको शुक्रबार बिहान उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। कार अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको थियो।

दुर्घटनाबाट भारत घर भएका अन्दाजी २४ वर्षीया गोपिकानन्द स्वामी र २३ वर्षीया लल्मी साहिटी घाइते भएका छन्। उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.