टिपरकाे ठक्करबाट मर्निङ वाकमा गएका एक युवकको मृत्यु

टिपरकाे ठक्करबाट मर्निङ वाकमा गएका एक युवकको मृत्यु

धनुषामा टिपरकाे ठक्करबाट मर्निङ वाकमा गएका एक युवकको मृत्यु भएको छ।

शुक्रबार बिहान साढे चार बजेतिर मर्निङ वाकमा गएका बेला ना ७ ख ६४१३ नम्बरको टिपरले ठक्कर दिँदा भारतमा इन्जिनियरिङ पढ्दै गरेका मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको प्रकृति हेर्दा नियोजित ढंगले किचेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। घटनालगत्तै प्रहरी पुगेर शव र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेकाे छ ।

उनको हत्यापछि स्थानीयले मिथिला नगरपालिकाको श्रीपुरस्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्।  महतोले स्थानीय खोलामा भइरहेको अवैध गिट्टीबालुवा उत्खननको विरोध गर्दै आएका थिए।

आज बिहान उत्खनन भइरहेको ठाउँमै महतोको हत्या भएको हो। अवैध रूपमा खोलामा भइरहेको उत्खननको विरोध गरेकाले क्रसर सञ्चालकले महतोको हत्या गरेको स्थानीयको भनाइ छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.