बर्दियामा टयाक्टर दुर्घटना : एकको मृत्यु, १५ घाइते

बर्दियामा टयाक्टर दुर्घटना : एकको मृत्यु, १५ घाइते

बर्दियामा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।

बर्दियाको ठाकुरद्धारामा रहको ठाकुरबाबा मन्दिरको दर्शन गरेर फर्कँदै गरेको भे १ त ७२०० नम्बरको टयाक्टर राजापुर नगरपालिका वडा नम्बर १० गेरुवास्थित कर्णाली पुल नजिकै दुर्घटना हुँदा गेरुवा गाउँपालिका वार्ड न ५ पहाडीपुरका १३ वर्षीय बालक रुबेन चौधरीकाे मृत्यु भएको हाे ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर रहेकाले थप उपचारका लागी नेपालगञ्ज लगिएको छ भने अन्य घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।

विहान बाक्लो हुस्सुका कारण सो दुर्घटना भएको बताइएता पनि टयाक्टर चालक मिठ्ठु चौधरीलाई नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.