डोजरको ठक्करबाट वृद्धको मृत्यु

डोजरको ठक्करबाट वृद्धको मृत्यु

डोजरको ठक्करबाट गएराती पश्चिम दाङमा एक वृद्धको मृत्यु भएको छ ।

पश्चिम दाङको पेदीखोलाबाट शान्तीनगर तर्फ आउदै गरेको रा १ क ३१५ नम्वरको डोजरकाे ठक्कर दिँदा शान्तीनगर गाउपालिका वडा नम्वर १ हारीचार बस्ने ६६ वर्षिय लाल बहादुर थापाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको छ । ठक्कर दिने चालक र डोजरलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.