ट्याक्टरको टेलरमा मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु

ट्याक्टरको टेलरमा मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु

बारामा ट्याक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका–१८ मनगढवास्थित सडकमा ना१५ प ५७४३ नम्बरको मोटरसाइकल हाल नम्बर नखुलेको ट्याक्टरको टेलरमा बिहीबार बिहान ठक्कर खाँदा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–२४ मनगढवा बस्ने ३५ वर्षीय धुलन्दर कुमार  गिरीको घटनास्थलमै मृत्यु भएकोहो ।

घटना लगत्तै फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.