सिन्धुलीमा जन्ती बोकेको जीप दुर्घटना , १६ घाइते

सिन्धुलीमा जन्ती बोकेको जीप दुर्घटना , १६ घाइते

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको झ्याडीमा जन्ती बोकेको जीप पल्टिँदा १६ जना घाइते भएका छन्।

मरिण गाउँपालिकाबाट हरिहरपुरगढी गाउँपालिका जाँदै गरेको ना १ च १८६० नम्बरको जीप जीप हरिहरपुरगढीको झ्याडीमा दुर्घटना हुँदा १६ जना घाइते भएका हुन् । दुर्घटनामा  ५ जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते हुनेमा योगेश एस्माली, सानु खपाङ्गी, दिलबहादुर पुलामी, रुपेश मगर र एकबहादुर पुलामी रहेका छन् । उनीहरुको कपिलाकोट स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सिन्धुली सदरमुकामतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनापछि चालक फरार रहेकाले उनकाे खाेजि भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.