आबुखैरेनीमा माइक्रो र बस एक आपसमा ठोक्किदा १९ जना घाइते, तीनको अवस्था गम्भीर

आबुखैरेनीमा माइक्रो र बस एक आपसमा ठोक्किदा १९ जना घाइते, तीनको अवस्था गम्भीर

तनहुँको आबुखैरेनीमा माइक्रो र बस एक आपसमा ठोक्किदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गमभीर रहेको छ ।

मंगलबार पोखरबाट काठमाडौं जाँदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रो बस र नारायणगढबाट बेशिशहर जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार घाइतेहरुलाई आबुखैरेनी अस्पतालमा सामान्य उपचारपछि दुई जनालाई काठमाडौं पठाइएको छ, भने १४ जनालाई भरतपुर पठाइएको छ । त्यस्तै बाँकी तीन जनाको आबुखैरेनी अस्पतालमै उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.