हतियार बोकेको सेनाको गाडी दुर्घटना: एक जनाको मृत्यु, ६ घाइते

हतियार बोकेको सेनाको गाडी दुर्घटना: एक जनाको मृत्यु, ६ घाइते

सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन्  ।

सल्यानको कपुरकोटबाट बुटवल आउँदै गरेको लु १ ग १२३ नम्वरको गाडी कपुरकोट गाउँपालिका वडा नम्वर ३ चोरखोलामा दुर्घटना हुँदा सेनाका जवान २९ वर्षीय यादवराज ढरेलकाे मृत्यु भएकाे हाे ।

दुर्घटनामा परी घाइते हुनेमा मेजर ईश्वर सिलवाल ,जवान रोशन हिटन, हवल्दार जय प्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठ छन् ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ६ जनाको उपचार भइरहेको प्रहरीले बताएको छ। दुर्घटनामा परेकाे गाढी गाडी सबुज गणको रहेको प्रहरीले जनाएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.