छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

कञ्चनपुर, धादिङ, सप्तरी र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

कञ्चनपुर,कृष्णपुर नगरपालिका-२ बंकस्थित सडकमा रोकिराखेको ना.७ ख६५१६ नम्बरको बसमा से.३ प ३९४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदामोटरसाइकलमा सवार कैलाली गोदावरी नगरपालिका-१० बस्ने ३१ वर्षीय मोहन चौधरीको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा सडकमा लडेका चौधरीलाई बिपरित दिशाबाट आएको से.१ ख १२७३ नम्बरको मिनीट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकोमा पदमा अस्पताल अत्तरियामा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कैलाली गोदावरी नगरपालिका-१० बस्ने २८ वर्षीय निराजन चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ। तीनवटै सवारी साधन तथा बस र मिनिट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ,बेनिघाट रोराङ गाउँपालिका-२ अर्चलेस्थित सडकमा ना.२ ख ५०५७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने दिनेश गुरुङको छोरा ७ वर्षीय प्रज्वल गुरुङको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरी,हनुमाननगर कंकालिनी नगरपालिका-१ गोरियाहीस्थित सडकमा बा.१ प ८००० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका-२ सकरदही बस्ने ३५ वर्षीया मुनिदेबी यादवको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की,पोखरा महानगरपालिका-५ जिरो किलोमिटरस्थित सडकमा ग.१ ज ४०९७ नम्बरको ट्याक्सी र ग.१० प२५५५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दार्चुला घर भई हाल पोखरा महानगरपालिका-६ खहरेबस्ने ३५ वर्षीय पदम सिंह दहाडको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलचालक काभ्रेघर भई हाल पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने २४ वर्षीय आशिष भुजेलको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्सीर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.