छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

कञ्चनपुर र चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

कञ्चनपुर, लालझाडी गाउँपालिका-६ बेलौरी कलुवापुरस्थित सडकमा लु.१ ख ८७१९ नम्बरको बस र म.१ प १७६४ नम्बरको मोटरसाइकल एक-आपसमा बिहीबार बिहान ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक लालझाडी गाउँपालिका-६ ढक्का बस्ने ४२ वर्षीय पदम चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-१ रामनगर बजारमा रोकी राखेको ना.६ ख १३७६ नम्बरको ट्रकमा प्रदेश नम्बर ३-०३-००१ प ३८५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटी चालक भरतपुर महानगरपालिका-२९ कबिलाश बस्ने २१ वर्षीया अनिता गुरुङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.