टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीकाे गौरीगंगा नगरपालिका-६ बनभेडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तिर जाँदै गरेकाे ना१क ८८०३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको से७प ३९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-४ रामशिखरझालाका २८ वर्षीय भुवन चन्दको मृत्यु भएको हो ।

टिपरकाे ठक्करबाट गम्भीर घाइते भएका चन्दलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

ठक्कर दिने चालकलाई टिपरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.