धादिङमा भारतीय ट्रककाे ठक्करबाट स्कुटर चालककाे मृत्यु

धादिङमा भारतीय ट्रककाे ठक्करबाट स्कुटर चालककाे मृत्यु

धादिङकाे बेनीघाट रोराङ गाउँपालिका–५ चरौंदी पुल नजिकै आज बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

काठमाडौँतर्फ जाँदै गरेको बीआर ०६ जिडी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४ प ३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सोलुखुम्बु जिल्ला मुक्ली नगरपालिका–१ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमै मृत्यु भएको हाे ।

ट्रककाे ठक्करबाट स्कुटर मा पछाडि सवार काभ्रेका सनिष थापा घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

दुर्घटना लगत्तै भागेका ट्रक चालकलाई गजुरी प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.