मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु

बाराकाे छुट्टाछुट्टै स्थानमा भएकाे मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु २१ प ६९६३ नं.को मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको हाे ।

यस्तै लङ्गडाचोकबाट बाजोपटीतर्फ जाँदै गरेको ना २३ प २७४६ नं.को मोटरसाइकल डोरा खोलामा दुर्घटना हुँदा पतरौता नगरपालिका–८ बस्ने २२ वर्षीय मोटरसाइकल चालक विजय यादव र सोही वडाका ५५ वर्षीय रामेश्वर यादवको समेत घटनास्थलमा सोमबार मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

मृतक तीनै जनाको शव जिल्ला अस्पताल कलैयामा राखिएको र परीक्षणपछि अफन्तजनलाई बुझाउने प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.