ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङको कटहरी गाउँपालिका १ स्थित भित्री सडकखण्डमा बिहीबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कल्भर्ट छेउमा को २ त ६७३६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ग्रामथान गाउँपालिका ५ तेतरियाका २४ वर्षीय युवराज भगतको घटनास्थलमै मृत्यु भएको हाे ।

शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा ल्याएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.