शिवरात्रीमा डोरी टाँगेर पैसा माग्दै गरेका बालकलाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु

शिवरात्रीमा डोरी टाँगेर पैसा माग्दै गरेका बालकलाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु

दोलखाकाे कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसको ठक्करबाट एक बालकको मृत्यु भएको  छ ।

जिल्लाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो ।

शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थामीलाई बसले ठक्कर दिएको थियो । थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.