बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँको बालाजुस्थित गंगाहल अगाडि गएराति ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाकाे मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

माछापोखरीबाट बालाजुतर्फ आउँदै गरेको बा२ज १४३० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा७८प १४० नम्बरको मोटरसाइकल शनिबार राति सवा ११ बजे आपसमा ठोक्किँदा मोटरसाइकल चालक नुवाकोट, ३५ किलो घर भएका २२ वर्षीय निखिल तामाङकाे मृत्यु भएको हाे ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङकाे उपचारकाे क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आइतबार बिहान सवा ५ बजे मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा सोही ठाउँका २२ वर्षीय रुपेश तामाङ गम्भीर घाइते भएका छन् । उनकाे पनि साेही अस्पतालमा उपचार भइ रहेकाे छ ।

ट्याक्सीसहित चालकलाई महानगरीय प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.