करेन्ट लागेर एक पैदलयात्रीको मृत्यु

करेन्ट लागेर एक पैदलयात्रीको मृत्यु

सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युत्को मेन लाइनमा परेको र झुक्किएर पोल छुन पुग्दा करेन्ट लागेर एक पैदलयात्री भोटेकोशी गाउँपालिका– ४ शिरिसेको २२ वर्षीय सार्की शेर्पाको घटनास्थलमा नै मृत्यु भएको हाे ।

करेन्ट लागेर बाह्रबिसे नगरपालिका– १ घोर्थलीका पप्पु गुरुङ घाइते भएका छन् । उनकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाकाे सम्बन्धमा थप अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.